मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा, संयुक्त आन्दोलनको तयारी

4K
SHARES
जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा, संयुक्त आन्दोलनको तयारी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएका अशोक राईको नेतृत्वमा रहेको जसपा र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको छ ।

बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेता र मूल समितिका सदस्यहरूको उपस्थितिमा सहकार्यको घोषणा गरियो ।

औपचारिक रुपमा ‘कार्यगत एकता’सँगै यी दलले अब प्रदेशदेखि जिल्ला र गाउँस्तरसम्म संगठनहरूलाई एकताबद्ध गर्दै लैजाने योजना बनाएका छन् । संयुक्त कार्यक्रममार्फत जनमत निर्माण गर्ने उद्देश्यले उनीहरूले प्रदर्शन, आमसभा, सेमिनार र गोष्ठीको श्रृंखला सञ्चालन गर्ने तय गरेका छन् ।

संविधानलाई अपूरो र विभेदकारी ठहर गर्दै जसपा र राष्ट्रिय मुक्ति पार्टीले संशोधनको पक्षमा दबाब सिर्जना गर्न सरकार, संसद् र सडक—तीनै माध्यममा अभियान चलाउने निर्णय गरेका छन् ।

एकतापछि दुवै दलले प्रत्यक्ष निर्वाचित प्रदेश मुख्यमन्त्री र स्थानीय तहका कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने, राष्ट्रपतिले समावेशी मन्त्रिपरिषद् गठन गर्नुपर्ने र मन्त्रीहरूलाई विज्ञ, राजनीतिज्ञ वा विशेषज्ञबाट नियुक्त गर्नुपर्ने माग अगाडि सारेका छन् ।

त्यस्तै, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत जनसङ्ख्या अनुपातमा आधारित समावेशी लोकतन्त्र सुनिश्चित गर्नुपर्नेमा पनि उनीहरूको साझा धारणा छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार ११:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP