मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कक्षा १२ पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

1.5K
SHARES
कक्षा १२ पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी)ले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरी सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार पूरक परीक्षामा सहभागी १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका छन् । यसरी कुल ७३.४१ प्रतिशत विद्यार्थी सफल भएका हुन् ।

गत असोज ७ र ८ गते परीक्षा सञ्चालन गरिएको थियो । चार जनाको परीक्षाफल भने रद्द गरिएको बोर्डले जनाएको छ ।

यसअघि गत असार ११ गते प्रकाशित नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए ।

विद्यार्थीहरूले आफ्नो नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस पठाएर हेर्न सक्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २३, आईतवार ११:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP