मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तरिम सरकार गठनबारे रातभर छलफल: कार्कीको नाममा सहमति, संसद् विघटनमा मतभेद

2.5K
SHARES
अन्तरिम सरकार गठनबारे रातभर छलफल: कार्कीको नाममा सहमति, संसद् विघटनमा मतभेद

काठमाडौं । शीतलनिवासमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म चलेको उच्चस्तरीय वार्तामा अन्तरिम सरकार गठनसम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, प्रधानसेनापति अशोकराज सिग्देल तथा संविधानविद्हरू सहभागी थिए ।

बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने प्रस्तावमा सहभागी सबै पक्षहरूबीच सहमति जुटेको छ । तर संसद् विघटनको विषय भने अझै विवादास्पद रहेको छ ।

जेन जी आन्दोलनका प्रतिनिधिहरू संसद्लाई असफल संस्था भन्दै तत्काल विघटन गर्नुपर्ने अडानमा छन् । उनीहरूको दाबीमा अहिलेको संसद् जनताको भावना विपरीत छ र नयाँ संरचना आवश्यक छ ।

तर, प्रमुख राजनीतिक दलहरू भने संविधानको मर्यादा जोगाउँदै संसद्लाई जोगाउने उपाय खोज्नुपर्ने पक्षमा उभिएका छन् । यही मतविभाजनका कारण बैठक रातभर चल्दा पनि ठोस निष्कर्षमा पुग्न सकेन ।

राष्ट्रपति कार्यालयले वार्ताको औपचारिक निष्कर्ष ननिस्किएको जनाउँदै शुक्रबार बिहान पुनः छलफल बस्ने जानकारी दिएको छ ।

जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ आन्दोलनकारी तथा सुरक्षाकर्मी घाइते भएका छन् । सिंहदरबारसहितका विभिन्न सरकारी संरचना जलाईएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार ००:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP