मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनः मृत्यु हुनेको संख्या ३४ पुग्यो

2.8K
SHARES
जेनजी आन्दोलनः मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा प्रहरीको दमनपछि मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न अस्पतालमा उपचाररत अवस्थामा प्रदर्शनकारीहरूले ज्यान गुमाएका हुन् ।

शान्तिपूर्णरूपमा सुरु भएको आन्दोलन सोमबार दिउँसोदेखि तनावपूर्ण बनेको थियो । प्रहरीको गोली प्रहारबाट एकैदिन १९ जनाको मृत्यु भएपछि मंगलबारको प्रदर्शन झनै आक्रोशित बनेको थियो ।

स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि गरिएका मृतक विवरणः
* निजामती कर्मचारी (सिभिल) अस्पताल – ६ जना
* राष्ट्रिय ट्रमा सेन्टर – ८ जना
* एभरेष्ट अस्पताल – ३ जना,
* काठमाडौं मेडिकल कलेज – २ जना
* फ्रन्टलाइन अस्पताल – ३ जना
* वयोधा अस्पताल – २ जना
* बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी – २ जना
* बीएनसी र बिर्तासिटी अस्पताल, झापा – १र१ जना
* भेरी अस्पताल, बाँके – ५ जना

स्वास्थ्य मन्त्रालयले मृत्यु संख्या अझै बढ्न सक्ने भन्दै अस्पतालहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

यस घटनाले आन्दोलनको प्रकृति थप गम्भीर बनाएको छ भने मानवअधिकार संगठनहरू र नागरिक समाजले राज्य दमनको कडा आलोचना गरेका छन् । मानवअधिकार आयोगलगायतका संस्थाहरूले स्वतन्त्र छानबिनको माग गरिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार १०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP