मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सार्वजनिक तथा ढुवानी यातायात अनिश्चितकालीन रूपमा बन्द हुने

2K
SHARES
सार्वजनिक तथा ढुवानी यातायात अनिश्चितकालीन रूपमा बन्द हुने

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ ।

भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ विद्यार्थीको ज्यान गएको र देशभर कर्फ्यु लगाइनु परेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै महासङ्घले शान्ति–सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।

महासङ्घले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, नेपाल सरकारलाई घाइतेहरूको उपचारको जिम्मेवारी लिन माग गरेको र आफ्ना सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई सक्दो सहयोग गर्न आह्वान गरेको छ ।

दुःखद घटनाका कारण काठमाडौं उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको र कर्फ्यु आदेश जारी भएकाले यातायात सञ्चालनमा असहज परिस्थिति बनेको महासङ्घले जनाएको छ ।

यसै कारण, शान्ति–सुरक्षाको सुनिश्चितता नहुँदासम्म यात्रुवाहक तथा मालवाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न महासङ्घले आफ्ना सम्पूर्ण सदस्यलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP