मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुन सक्रिय: गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

2.1K
SHARES
मनसुन सक्रिय: गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदलीको अवस्था देखिएको छ ।

हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसोको पूर्वानुमान अनुसार, देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज रातिको अवस्था पनि बदली रहने देखिएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP