मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

2.2K
SHARES
कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक संशोधनको मागसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । आन्दोलनको पहिलो चरणअन्तर्गत गरिएको धर्ना कार्यक्रम आज दिउँसो २ बजेसम्म चल्नेछ । सो अवसरमा महासंघले ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि धर्ना दिने कार्यक्रम छ ।

महासंघले २०७५, २०७८, २०८० र २०८१–८२ सालमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । साथै, २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेको ९ बुँदे निर्णय अझै कार्यान्वयन नभएकाले तत्काल लागू गर्नुपर्ने महासंघको जोड छ ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयक विगतका सहमतिसँग मेल नखाने भन्दै महासंघ असन्तुष्ट छ । महासंघका अनुसार अस्थायी शिक्षक पदपूर्ति आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्नेमा विधेयकमा ६०–४० को व्यवस्था गरिएको छ, स्थायी शिक्षकको आवधिक बढुवाको प्रावधान समावेश गरिएको छैन, अस्थायी अवधिको गणना गरिएको छैन, म्याद सकिएका अध्यापन अनुमतिपत्र थप्ने व्यवस्था राखिएको छैन, विभागीय कारबाहीसम्बन्धी प्रावधान सहमतिविपरीत छ, विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित गरिएको छैन, बालकक्षा शिक्षकको पद तथा सुविधा स्पष्ट गरिएको छैन, संस्थागत विद्यालय शिक्षक सरुवा प्रणाली अव्यवहारिक छ, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था अस्वीकार्य छ, शिक्षण काउन्सिलको व्यवस्था अस्पष्ट छ र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व राखिएको छैन ।

महासंघले सम्बोधन हुन छुटेका सबै विषय सहमतिअनुसार प्रतिवेदनमा समेटी प्रतिनिधिसभामा पेस गर्न सरकारसँग माग गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP