मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिजिट भिसा छानबिन मागमा रास्वपा–राप्रपाको संसद बहिष्कार जारी

2.1K
SHARES
भिजिट भिसा छानबिन मागमा रास्वपा–राप्रपाको संसद बहिष्कार जारी

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका माग पुरा नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरे ।

बैठक सुरु भएको केही क्षणमै दुवै दलका सांसदहरू उभिएर विरोध जनाए । सभामुख देवराज घिमिरेले रास्वपाका अशोककुमार चौधरीलाई बोल्न अनुमति दिएपछि चौधरीले सरकार समितिको गठनमा गम्भीर नभएको आरोप लगाउँदै माग पूरा नभएसम्म विरोध जारी रहने बताए । त्यसपछि राप्रपाका सांसद दिपकबहादुर सिंहले पनि समान धारणा राखे ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने मागमा अडान लिएका यी दलहरू गत जेठ १३ देखि निरन्तर रूपमा संसद बहिष्कार गर्दै आएका छन् । सांसद सिंहको सम्बोधनपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०७:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP