मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेन्सनधारी करार कर्मचारीलाई आजदेखि सरकारी सेवाबाट बिदाइ

247
SHARES
पेन्सनधारी करार कर्मचारीलाई आजदेखि सरकारी सेवाबाट बिदाइ

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश प्राप्त भई निवृत्तिभरण (पेन्सन) वा उपदान सुविधा लिइसकेका व्यक्तिलाई करार सेवामा निरन्तर काम गर्न नदिने निर्णय कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णयअनुसार यो व्यवस्था आज ९साउन १० देखि लागू भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै पेन्सन वा उपदान लिइसकेर करारमा कार्यरत कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिई ससम्मान बिदाइ गर्न निर्देशन दिएको हो ।

सरकारले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणपछि दरबन्दी कटौती हुने मन्त्रालय तथा मातहतका कार्यालयमा करार कर्मचारी व्यवस्थापनका लागि नयाँ नीति लागू गरेको जनाएको छ । सोही नीतिअनुसार पेन्सन वा उपदान सुविधा लिइसकेका व्यक्तिले अब करार सेवामा काम गर्न पाउने छैनन् ।

सरकारी स्रोतका अनुसार विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा हाल करिब ४०० जना यस्ता करार कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ । नयाँ व्यवस्था लागू भएसँगै उनीहरूको करार सेवा स्वतः समाप्त हुने भएको छ ।

सरकारको यो कदमले करार सेवामा रहेका नयाँ जनशक्तिलाई अवसर सिर्जना गर्ने र सार्वजनिक प्रशासनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १, शुक्रबार ०७:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP