मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हनिट्र्याप प्रकरण: इन्स्पेक्टर बिनु शाहलाई अदालत पेस गरिँदै

2.8K
SHARES
हनिट्र्याप प्रकरण: इन्स्पेक्टर बिनु शाहलाई अदालत पेस गरिँदै

काठमाडौं । थुनामा रहेकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई आज फेरि जिल्ला अदालत ललितपुरमा पेस गरिँदैछ।

आइतबार बयानका लागि अदालत पुगेकी शाहीको बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखिएको थियो। परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलका अनुसार शाहीलाई परिसरले हिरासतमा मात्र राखेको हो भने मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को जिम्मामा छ।

भैंसेपाटी प्रहरी प्रभागको प्रमुखको रूपमा काम गरिरहँदा एक घरजग्गा कारोबारीलाई हनिट्र्यापमा पारेको आरोपमा सिआईबीले शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सिआईबीले उनीहरूमाथि आपराधिक लाभ र संगठित अपराध ऐन-२०७० अन्तर्गत मुद्दा चलाउने प्रस्तावसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरलाई बुझाएको छ। आजको थुनछेक बहसपछि शाहीको मामलामा निर्णय गरिनेछ।

प्रतिवादीहरूमध्ये शाही र दर्शन पोखरेल फरार सूचीमा परेका थिए। अन्य प्रतिवादीहरूमा प्रहरी सहायक हवलदार महेन्द्र हमाल, भिमादेवी थापा, तजम्मुल इस्लाम (ताज मूल) र सुस्मा विश्वकर्मा छन्। तीमध्ये हमाल साधारण तारेखमा रिहा भइसकेका छन् भने थापा र विश्वकर्मा धरौटीमा छुटेका छन्।

थुनछेक बहसपछि अदालतले शाहीलाई साधारण तारेखमा रिहा गर्ने, धरौटीमा छाड्ने, वा तीन वर्षसम्म थुनामा राख्ने आदेश दिन सक्नेछ। यदि उनी साधारण तारेखमा छुटिन् भने निलम्बन फुकुवा हुँदै जागिरमा फर्कने सम्भावना छ। तर, धरौटीमा रिहा भए वा जेल चलान भएमा उनको निलम्बन कायम रहनेछ।

 
 



अगुल्टो अगुल्टो   
  • २०८१ पुष ८, सोमबार ०५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP