मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

म्यानचेस्टर सिटीको संकटपूर्ण प्रदर्शन

4.5K
SHARES
म्यानचेस्टर सिटीको संकटपूर्ण प्रदर्शन

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा साबिक विजेता म्यानचेस्टर सिटीको निराशाजनक प्रदर्शन निरन्तर देखिँदै आएको छ। शनिबार रातिको खेलमा अस्टन भिल्लाले सिटीलाई २-१ को झिनो अन्तरले पराजित गर्‍यो। भिल्लाका लागि जोहान डुरान र मोर्गन रोजर्सले गोल गर्दै टोलीलाई जित दिलाए। सिटीको तर्फबाट अन्तिम समयमा फिल फोडेनले सान्त्वना गोल गरेका थिए।

पछिल्ला १२ खेलमा सिटीले नौ पटक हार बेहोरेको छ। लगातार आठ अवे खेलमा सिटीले जित निकाल्न नसकेको स्थिति छ। पहिलो हाफमा इमा मार्टिनेजले फोडेनको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै भिल्लालाई अग्रता जोगाएका थिए।

त्यसैगरी अन्य खेलहरूमा, नटिङ्घम फरेस्टले ब्रेन्टफोर्डलाई २-० ले हरायो भने न्यु क्यासलले इप्सविच टाउनलाई ४-० को फराकिलो जित दियो। आर्सनलले क्रिस्टल प्यालेसलाई ५-१ ले पराजित गर्‍यो। ब्राइटन र वेस्टह्यामको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले १५ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानको चेल्सीको खातामा १६ खेलमा ३४ अंक छ। तेस्रो स्थानमा रहेको आर्सनलले १७ खेलबाट ३३ अंक प्राप्त गरेको छ।

नटिङ्घम फरेस्टको १७ खेलमा ३१ अंक छ भने अस्टन भिल्लाले समान खेलबाट २८ अंक जोडेको छ। म्यानचेस्टर सिटी भने १७ खेलपछि २७ अंकका साथ छैटौँ स्थानमा रहेको छ।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष ७, आईतवार ०५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP