मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णालीले क्वालिफायर टु मा स्थान सुरक्षित गर्‍यो

2.4K
SHARES
कर्णालीले क्वालिफायर टु मा स्थान सुरक्षित गर्‍यो

काठमाडौं । कर्णाली याक्सले एनपीएलको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर टु मा स्थान बनाएको छ । अब कर्णालीले क्वालिफायर वानको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

१७६ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । रवि बोपाराले अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन असफल रहे । चितवनका लागि अन्य खेलाडीबाट उल्लेखनीय प्रदर्शन हुन सकेन । बलिङतर्फ कर्णालीका जिशान मकसुदले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट झारे । विपिन प्रसाद शर्माले पनि १ विकेट लिए ।

चितवनका बोपाराले ३४ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाएका थिए । यो एनपीएलमा उनको तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले जयकिसन कोल्सावाला र विलियम बोसिस्टोको अर्धशतकको मद्दतले ६ विकेटको क्षतिमा १७५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । डेब्यू खेलमा उत्रिएका कोल्सावालाले ३९ बलमा ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५३ रन जोडे । यस्तै, बोसिस्टोले पनि ३९ बलमै ३ चौका र २ छक्कासहित ५२ रन बनाए ।

चाडविक वाल्टनले मात्र २३ बलमा ४ चौका र ३ छक्काको मद्दतले अविजित ४६ रन जोडे । जिसन मकसुदले १४ रन थपेका थिए । ओपनर रित गौतम र गुल्सन झा भने खाता खोल्न असफल रहे । चितवनका बलरहरूबाट सोहेल तनविरले २ विकेट लिँदा, रवि बोपारा र कप्तान कुशल मल्लले समान १–१ विकेट झारे ।

कर्णालीको यो जितले उनीहरूलाई फाइनल प्रवेशको लागि थप एक अवसर दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष ३, बुधबार ०७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP