मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संविधान संशोधनका लागि संयन्त्र बनाउने कांग्रेस-एमालेको निर्णय

2.7K
SHARES
संविधान संशोधनका लागि संयन्त्र बनाउने कांग्रेस-एमालेको निर्णय

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र एमालेले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने सहमति गरेका छन् ।बालुवाटारमा दुई दलका शीर्ष नेताहरूबीच भएको शृंखलाबद्ध बैठकमा संविधान संशोधनको गृहकार्य अघि बढाउन संयन्त्र गठन गर्ने र असार १७ मा भएका सातबुँदे सहमतिको कार्यान्वयन सुनिश्चित गर्न ठोस योजना निर्माण गर्ने निर्णय भएको छ ।

असार १७ को सातबुँदे सहमति अनुसार संविधान संशोधन प्राथमिक एजेन्डा रहेको छ। सहमतिमा भनिएको छ, ‘राष्ट्रिय सहमतिको सरकारले संविधान लागू भएपछि देखिएका सबल र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माणलाई प्राथमिकता दिनेछ।’

तर, हालसम्म सत्ता गठबन्धनले संविधान संशोधनका लागि ठोस योजना अघि सारेको थिएन। गृहमन्त्री रमेश लेखकका अनुसार, पछिल्ला बैठकमा दुई दल सम्मिलित कार्यदल गठन गरेर संविधान संशोधनका लागि गृहकार्य सुरु गर्ने सहमति भएको छ । यस कार्यदलले संविधान कार्यान्वयनको पहिलो दशकको समीक्षा गरी संशोधनका मुख्य बुँदाहरू पहिचान गर्ने जिम्मेवारी पाउनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै दलका प्रमुख सचेतकहरूको बैठकमा संविधान संशोधनका लागि संयन्त्र निर्माणको योजना प्रस्तुत गर्दै संसदीय समितिमा विचाराधीन विधेयकलाई ‘फास्ट ट्र्याक’ मार्फत अघि बढाउन निर्देशन दिएका छन्।

 
 
 
 
 
 



अगुल्टो अगुल्टो   
  • २०८१ पुष १०, बुधबार ०५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP