मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एशिया कप राइजिङ स्टार्स क्रिकेटमा भारतलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

1.5K
SHARES
एशिया कप राइजिङ स्टार्स क्रिकेटमा भारतलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं । एशिया कप राइजिङ स्टार्स क्रिकेटमा पाकिस्तान ‘ए’ले उत्कृष्ट प्रदर्शन गर्दै भारत ‘ए’लाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ । आइतबार राति सम्पन्न यस रोमाञ्चक खेलमा पाकिस्तानले बलिङ र ब्याटिङ दुवै विभागमा स्पष्ट रूपमा नियन्त्रण जमायो ।

पहिले ब्याटिङ गरेको भारत ‘ए’ १९ ओभरमै अलआउट हुँदै १३६ रनमै समेटियो । ओपनर वैभव सूर्यवंशीले ४५ रन र नमन धिरले ३५ रन जोडे । हर्ष दुवेको १९ रनबाहेक भारतका अन्य खेलाडी ठूला योगदान गर्न असफल रहे ।

पाकिस्तानका शाहिद अजिजले उत्कृष्ट बलिङ गर्दै तीन विकेट झारे भने साद मसुद र माज सदाकतले दुई–दुई विकेट हात पारे ।

लक्ष्य पछ्याउन मैदानमा उत्रेको पाकिस्तान ‘ए’ले खेललाई सहज बनाउँदै १३ ओभर २ बलमै लक्ष्य पार गर्‍यो । पारीका नायक बने—माज सदाकत । उनले ४७ बलमा चार छक्का र सात चौका प्रहार गर्दै ७९ रन जोडे । बलिङ र ब्याटिङमा चम्किएको उनको अलराउन्ड प्रदर्शन पाकिस्तानको जितको मुख्य कारण बन्यो ।

यो जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा रहेको पाकिस्तान ‘ए’ले चार अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारत ‘ए’ दुई अंकका साथ दोस्रो स्थानमा रहेकामा ओमानले पनि समान दुई अंक जोडेको छ । समूह ‘बी’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् ।

उता समूह ‘ए’मा बंगलादेश र अफगानिस्तानले दुईदुई अंक जोड्दै अग्रस्थानमा छन् भने हङकङ र श्रीलंका अझै अंकविहीन रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १, सोमबार ०७:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP