मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

2.7K
SHARES

एसिया कपको तालिका सार्वजनिक, भारत–पाकिस्तान १४ सेप्टेम्बरमा आमनेसामने
काठमाडौं । एसियाली क्रिकेट परिषद (एसीसी)ले पुरुष एसिया कप २०२५ को तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा टी–२० ढाँचामा आयोजना हुनेछ ।

यसपटकको १७औँ संस्करणमा भारत र पाकिस्तानलाई समूह ‘ए”मा राखिएको छ । उक्त समूहमा आयोजक यूएई र ओमान पनि छन् । भारत–पाकिस्तानबीचको बहुप्रतिक्षित खेल सेप्टेम्बर १४ मा हुनेछ । यदि दुबै टोली फाइनलसम्म पुग्न सफल भए, भने उनीहरूबीच थप दुई भिडन्त हुने सम्भावना पनि छ ।

समूह ‘बी’मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र हङकङ रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल सेप्टेम्बर ९ मा बंगलादेश र हङकङबीच हुनेछ ।

समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सुपर फोर चरणमा प्रवेश गर्नेछन् । सुपर फोरबाट उक्लिएका दुई उत्कृष्ट टोलीबीच सेप्टेम्बर २८ मा फाइनल खेल हुनेछ ।

यद्यपि भारत प्रतियोगिताको औपचारिक आयोजक भए पनि भारत–पाकिस्तानबीचको सम्बन्धलाई मध्यनजर गर्दै तटस्थ स्थान (यूएई) रोजिएको हो । भारतले यसअघि पनि पाकिस्तानसँग च्याम्पियन्स ट्रफीको खेल दुबईमा खेलेको थियो ।

भारत गत संस्करणको विजेता हो । सन् २०२३ मा उसले श्रीलंकालाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसभन्दा अघिल्लो वर्ष २०२२ मा भने श्रीलंकाले पाकिस्तानलाई हराएर टी–२० एसिया कप जितेको थियो ।

नेपालले २०२३ को एसिया कपमा एसीसी प्रिमियर कप जितेर सहभागीता जनाएको थियो । तर यसपटक शीर्ष दुई वा तेस्रो स्थानमा नपुग्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

एसिया कप २०२५ पूर्ण तालिका

समूह चरण
९ सेप्टेम्बर (मंगलबार): अफगानिस्तान भर्सेस् हङकङ
१० सेप्टेम्बर (बुधबार): भारत भर्सेस् यूएई
११ सेप्टेम्बर (बिहीबार): बंगलादेश भर्सेस् हङकङ
१२ सेप्टेम्बर (शुक्रबार): पाकिस्तान भर्सेस् ओमान
१३ सेप्टेम्बर (शनिबार): बंगलादेश भर्सेस् श्रीलङ्का
१४ सेप्टेम्बर (आइतबार): भारत भर्सेस् पाकिस्तान
१५ सेप्टेम्बर (सोमबार): श्रीलङ्का भर्सेस् हङकङ
१६ सेप्टेम्बर (मंगलबार): बंगलादेश भर्सेस् अफगानिस्तान
१७ सेप्टेम्बर (बुधबार): पाकिस्तान भर्सेस् यूएई
१८ सेप्टेम्बर (बिहीबार): श्रीलङ्का भर्सेस् अफगानिस्तान
१९ सेप्टेम्बर (शुक्रबार): भारत भर्सेस् ओमान

सुपर ४
२० सेप्टेम्बर (शनिबार): समूह बी क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर २
२१ सेप्टेम्बर (आइतबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह ए क्वालिफायर २
२२ सेप्टेम्बर (सोमबार): विश्राम दिन
२३ सेप्टेम्बर (मंगलबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर २
२४ सेप्टेम्बर (बुधबार): समूह बी क्वालिफायर १ भर्सेस् समूह ए क्वालिफायर २
२५ सेप्टेम्बर (बिहीबार): समूह ए क्वालिफायर २ भर्सेस् समूह बी क्वालिफायर २
२६ सेप्टेम्बर (शुक्रबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर १
२७ सेप्टेम्बर (शनिबार): विश्राम दिन

फाइनल
२८ सेप्टेम्बर (आइतबार): फाइनल खेल



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ११, आईतवार ०६:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP