मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुरुङले जितिन कराँते प्रिमियर लिगमा नेपालका लागि ऐतिहासिक काँस्य पदक

1.6K
SHARES
गुरुङले जितिन कराँते प्रिमियर लिगमा नेपालका लागि ऐतिहासिक काँस्य पदक

काठमाडौं । नेपाली कराँते खेलाडी एरिका गुरुङले कराँते–१ प्रिमियर लिगमा नेपालका लागि पहिलोपटक पदक जित्दै ऐतिहासिक उपलब्धि हात पार्न सफल भएकी छिन् ।

मोरक्कोको रवातमा आइतबार राति सम्पन्न प्रतियोगितामा महिला ६८ केजी भन्दा माथिको तौल समूह अन्तर्गत एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६–२ को अंकले पराजित गर्दै काँस्य पदक सुनिश्चित गरेकी हुन् । क्लेमेन्स प्रिमियर लिगको वरियतामा २० औँ स्थानमा रहेको खेलाडी थिइन् ।

यो नेपालले कराँते–१ प्रिमियर लिगमा जितेको पहिलो पदक हो। एरिका यस प्रतियोगितामा पहिलोपटक सहभागी भएकी थिइन् ।

विश्व कराँते महासंघद्वारा चयन गरिएका ३२ उत्कृष्ट खेलाडीहरूमध्ये एरिकाले पुल ६ मा टर्कीकी जेना गाबालासँग २–२ को बराबरी गरेकी थिइन् भने इटालीकी क्लिओ फेराकुतीलाई ३–१ ले पराजित गरेकी थिइन् ।

त्यस्तै, साइप्रसकी जिआमुकी ठेओदोसियासँग १–१ को खेल बराबरीमा टुंगिएको थियो । तर स्पेनकी मारिया टोरेस गार्सियासँगको ५–५ को बराबरी खेलमा अंकका आधारमा एरिका पछि परिन् ।

सेमिफाइनलमा टोरेससँग पराजित भएपछि एरिकाले काँस्य पदकका लागि प्रतिस्पर्धा गरेकी हुन् । टोरेसले भने फाइनलमा इंग्ल्यान्डकी रोसेल वाल्टर्सलाई ४–२ ले हराउँदै स्वर्ण पदक जितिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १९, सोमबार ०६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP