मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतमाथि इङ्ल्यान्डको एक विकेटको रोमाञ्चक जित

2.3K
SHARES
भारतमाथि इङ्ल्यान्डको एक विकेटको रोमाञ्चक जित

काठमाडौं । इङ्ग्ल्यान्ड यु–१९ क्रिकेट टोलीले एकदिवसीय खेलमा भारत यु–१९ टोलीमाथि एक विकेटको नाजुक तर रोमाञ्चक जित हात पार्दै खेल प्रेमीलाई झस्काउने नतिजा निकालेको छ ।

सोमबार भएको डे–नाइट खेलमा भारतले दिएको २९१ रनको लक्ष्य इङ्ल्यान्डले अन्तिम ओभरको चौथो बलमा ९ विकेट गुमाएर पुरा गर्‍यो ।

जितको नायक बने इङ्ग्ल्यान्डका थोमस रेउ, जसले आक्रामक ब्याटिङ गर्दै ८९ बलमा १३१ रन प्रहार गरे । उनको पारीमा १६ चौका र ६ छक्का समावेश थिए, जसले इङ्ल्यान्डको इनिङलाई जितको नजिक पुर्‍यायो ।

भारतका अम्ब रिसले चार विकेट लिए पनि महँगो स्पेल गरे । उनले १० ओभरमा ८० रन खर्चिए । युद्ध जित गाहाले दुई विकेट लिए भने हेनिन पटेलले किफायती बलिङ गर्दै १० ओभरमा २८ रन मात्र दिँदै दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुग्नुअघि ४८ ओभरमै सबै विकेट गुमाउँदै २९० रन बनायो । उसका लागि विहान मलहोत्राले ४८ रन, राहुल कुमारले ४७, कनिश्क चौहान र वैभव श्रीवास्तवले समान ४५–४५ रन बनाए । श्रीवास्तवले ३४ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा तेज पारी खेले ।

इङ्ल्यान्डका बलरहरू पनि प्रभावशाली रहे— एलेक्स फ्रेन्चले चार विकेट लिन १० ओभरमा ७१ रन खर्चिए, भने ज्याक होम र एलेक्स ग्रिनले समान तीन–तीन विकेट लिएर भारतलाई ३०० रनभन्दा कममा रोक्न मद्दत गरे ।

यो जितसँगै इङ्ल्यान्ड यु–१९ टोलीले श्रृङ्खलामा बलियो मनोबल बनाएको छ भने भारतका लागि नजिकै रहेको जित हातबाट छुट्दा निराशाजनक क्षण बनेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १७, मंगलवार ०४:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP