मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ब्रुनो फर्नान्डेजको अन्तिम क्षणको गोलमा युनाइटेडको जित

1.9K
SHARES
ब्रुनो फर्नान्डेजको अन्तिम क्षणको गोलमा युनाइटेडको जित

काठमाडौं । कप्तान ब्रुनो फर्नान्डेजको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित हात पारेको छ । शनिबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले बर्नलीमाथि ३–२ को संघर्षपूर्ण जित दर्ता गर्‍यो ।

खेलको २७औँ मिनेटमा बर्नलीका कुलेनले आत्मघाति गोल गर्दा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा खेल रोमाञ्चक बन्दै गयो ।

५५औँ मिनेटमा लाइन फोस्टरले बर्नलीका लागि बराबरी गोल गरे । त्यसपछि ५७औँ मिनेटमै ब्रायन एमबेउमोले गोल गर्दै युनाइटेडलाई पुनः अगाडि ल्याए । तर ६६ औँ मिनेटमा जैडन एन्थोनीले गोल गर्दै बर्नलीलाई फेरि बराबरीमा फर्काए ।

खेलमा थप गरिएको सातौँ मिनेटमा युनाइटेडले पेनाल्टी पायो । कप्तान फर्नान्डेजले शान्त रूपमा गोल गर्दै टिमलाई लिगको पहिलो जित दिलाए ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले फुलहामलाई २–० ले हरायो । स्ट्यामफोर्ड ब्रिजमा जोआओ पेड्रो र इन्जो फर्नान्डेजले गोल गरे । लिगमा अपराजित रहेको चेल्सी ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

अन्य खेलमा सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गर्‍यो भने एभर्टनले वुल्भ्सलाई ३–२ ले हरायो ।

यस्तै, वर्नमाउनले टोटनह्यामलाई १–० ले हराउँदा लिड्स र न्युक्यासल गोलरहित बराबरीमा रोकिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार ०५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP