मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालको सशक्त बलिङ प्रदर्शन, सिंगापुरलाई १३५ रनमै समेट्यो

3.5K
SHARES
नेपालको सशक्त बलिङ प्रदर्शन, सिंगापुरलाई १३५ रनमै समेट्यो

काठमाडौं । सिंगापुरमा जारी एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सिंगापुरलाई १३५ रनमै सीमित पारेको छ । नेपालले अब जितका लागि १३६ रनको लक्ष्य पाएको छ ।

नेपालका कप्तान विपिनप्रसाद शर्माले प्रेरणादायी कप्तानी गर्दै चार महत्वपूर्ण विकेट लिएपछि सिंगापुरको ब्याटिङ लस्किएको हो । ६५ रनको अवस्थामा दुई विकेट मात्र गुमाएको सिंगापुर, शर्माको आक्रमणपछिको ७० रनमै ८ विकेट गुमाउँदै ३५.१ ओभरमा समेटियो ।

सिंगापुरका लागि कप्तान रियान नाइकले टिमलाई संकटबाट जोगाउने भरपुर प्रयास गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५३ रनको जिम्मेवार पारी खेले । सुरुआती चरणमा आहान भुथान्दमले पनि आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए। यी दुई खेलाडीबाहेक अन्य ब्याट्सम्यान भने नेपाली बलिङ अगाडि उभिन सकेनन् ।

नेपालका लागि सचित भट्टले ६.१ ओभरको स्पेलमा केवल १८ रन खर्चेर तीन विकेट लिए । उनले सिंगापुरको तल्लो क्रम ध्वस्त पार्न भूमिका खेले । अभय यादव र शुभम खनालले एक–एक विकेट लिएर बलिङ आक्रमणलाई मजबुत बनाए ।

कप्तान शर्माले ७ ओभरमा ३४ रन खर्चेर ४ विकेट हात पार्दा, आफ्नो कप्तानी क्षमतासँगै बलिङ प्रभाव पनि देखाए। उनले मिडल अर्डर नै ध्वस्त पार्दै खेलमा नेपालको पकड बलियो बनाएका थिए ।

अब नेपालले जितका लागि १३६ रनको लक्ष्य पछ्याउनेछ । टिमका ब्याट्सम्यानले यदि संयमता र जिम्मेवारीपूर्वक खेल प्रस्तुत गरेमा प्रतियोगिताको सुरुआत विजयी ढंगबाट हुने विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ८, आईतवार ०५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP