मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सी चम्किँदा इन्टर मियामीको नयाँ रंगशालामा पहिलो जित

676
SHARES
मेस्सी चम्किँदा इन्टर मियामीको नयाँ रंगशालामा पहिलो जित

फ्लोरिडा । लियोनेल मेस्सीको प्रेरणादायी प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) अन्तर्गत पोर्टल्यान्ड टिम्बर्सलाई २–० ले पराजित गरेको छ । यो जितसँगै मियामीले आफ्नो नयाँ घरेलु मैदानमा पहिलो विजय दर्ता गरेको हो ।

अप्रिलमा २६ हजार ७ सय दर्शक अट्ने नयाँ रंगशालामा सरेपछि टोलीले यसअघि तीन बराबरी र एक हार बेहोरेको थियो । घरेलु मैदानमा लगातार दबाब झेलिरहेको मियामीलाई कप्तान मेस्सीले उत्कृष्ट प्रदर्शनमार्फत राहत दिलाए ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएका मेस्सीले बायाँ खुट्टाको शक्तिशाली प्रहारमार्फत टोलीलाई अग्रता दिलाए । यो उनको जारी एमएलएस सिजनको १२औँ गोल हो ।

पहिलो हाफ सकिनुअघि मेस्सीले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट पास निकाल्दै जर्मेन बेर्टेरामेलाई गोलको अवसर सिर्जना गरिदिए । बेर्टेरामेले त्यसलाई सदुपयोग गर्दै मियामीको अग्रता दोब्बर बनाए ।

३८ वर्षीय मेस्सी पछिल्ला चार खेलमा पाँच गोल र छ असिस्ट गर्दै उच्च लयमा रहेका छन् । उनको निरन्तर उत्कृष्ट प्रदर्शनले मियामीलाई उपाधि दौडमा बलियो बनाएको छ ।

यस जितसँगै प्रशिक्षक गुइलेर्मो होयोजको टोली १४ खेलबाट २८ अंक जोड्दै इस्टर्न कन्फरेन्सको दोस्रो स्थानमा पुगेको छ । मियामी शीर्ष स्थानको न्यासमिल एफसीभन्दा दुई अंकले मात्र पछि रहेको छ ।

साविक विजेता मियामीले विश्वकप विश्रामअघि आफ्नो अन्तिम खेल आगामी आइतबार फिलाडेल्फिया युनियनविरुद्ध खेल्नेछ । (एजेन्सी)



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ४, सोमबार १२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP