मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप: नेदरल्यान्ड्सको पहिलो जित, नामिबिया पराजित

923
SHARES
टी–२० विश्वकप: नेदरल्यान्ड्सको पहिलो जित, नामिबिया पराजित

काठमाडौं । आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेदरल्यान्ड्सले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको डच टोलीले दोस्रो खेलमा नामिबियालाई हराउँदै अंक तालिकामा उक्लिएको हो ।

मंगलबार दिल्लीमा भएको खेलमा नामिबियाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । नामिबियाका लागि जान निकोल लफ्टी–इटनले सर्वाधिक ४२ रन बनाए भने जान फ्रिलिंकले ३०, जेरार्ड इरासमसले १८ र जेजे स्मितले २२ रन जोडे । अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

नेदरल्यान्ड्सका बलर बास डि लिड र लोगन भान बीकले समान दुई–दुई विकेट लिए । त्यस्तै आर्यन दत्त र फ्रेड क्लासनले एक–एक विकेट हात पारे ।

१५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८औँ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । जितमा बास डि लिडले उत्कृष्ट ७२ रन बनाए भने माइकल लेविटले २८, कलिन अकरम्यानले ३२ र कप्तान स्कट एडवार्ड्सले १८ रनको योगदान दिए ।

नामिबियाका बर्नार्ड स्कोल्ट्ज, रुबेन ट्रम्पलम्यान र लफ्टी–इटनले एक–एक विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

अलराउण्ड प्रदर्शन गरेका डि लिड प्लेयर अफ द म्याच घोषित भए । दुई खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स हाल समूह ‘ए’ को दोस्रो स्थानमा पुगेको छ । यस समूहमा भारत र पाकिस्तानको पनि समान दुई अंक रहेको छ भने नामिबिया र अमेरिका अंकविहीन छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ०९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP