मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमएफएन बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख दिने

2.4K
SHARES
एमएफएन बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख दिने

काठमाडौं । म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार फेसबुकमार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै, ढाँटलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ प्रदान गरिने बताए । साथै, उनको प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने पनि निर्णय भएको छ ।

नेपाललाई पहिलो पटक यो उपाधि दिलाउन सफल भएकोमा प्रधानमन्त्री ओलीले ढाँटलाई पुनः बधाई दिए ।

एक साताअघि सम्पन्न प्रतियोगितामा ढाँटले भारतीय फाइटर चोङरेङ्ग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको टाइटल जितेका थिए । यससँगै उनी एमएफएन इतिहासमा च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP