मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जोरपाटीमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता जारी

3.5K
SHARES
जोरपाटीमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता जारी

काठमान्डु । जोरपाटी ब्याडमिन्टन क्लबको स्थापना दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका नगरस्तरीय खुल्ला तथा सुपर भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता–२०८२ जारी छ । बिहीबारबाट सुरु भएको प्रतियोगिताको आज दोस्रो दिन दोस्रो तथा तेस्रो चरणका खेलहरू सम्पन्न भएका छन् ।

आज सम्पन्न खेलहरूमा निरोज लामा र केवल मगरको जोडीले श्रीकृष्ण कारन्जित र कृष्ण थापाको जोडीलाई सोझो सेट २१–१६ र २१–१५ मा पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको छ ।

त्यसैगरी, लोक लामा र कला राईको जोडीले पुनरागमन जित दर्ता गरेका छन् । उनीहरुले गंगा खड्का र सहदेव गौतमको जोडीलाई २१–१८, १८–२१ र १८–२१ को सेटमा हराउँदै खेल आफ्नो पक्षमा पारे । राजन उप्रेती र पर्शुराम लामाको जोडीले डम्बर लामा र डम्बर मगरको जोडीलाई २२–२०, १७–२१ र ९–२१ को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरे ।

सञ्जिव कटवाल र कमल परियारको जोडीले केदार सुवेदी र ओम पाण्डेको जोडीलाई २१–१० र २१–१५ को सोझो सेटमा पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।

आजै सम्पन्न सुपर भेट्रान्सतर्फको खेलमा सानु मगर र केदार दवाडीको जोडीले कपिल उप्रेती र डम्बर मगरको जोडीलाई १२–२१, २१–७ र २१–१५ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

क्लबका अध्यक्ष गणेश श्रेष्ठका अनुसार बाँकी रहेका खेल तथा फाइनल खेल भोलि सम्पन्न गरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ४, शुक्रबार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP