मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप छनोटः जापानले नेपाललाई १३२ रनको लक्ष्य दियो

1.6K
SHARES
टी–२० विश्वकप छनोटः जापानले नेपाललाई १३२ रनको लक्ष्य दियो

काठमाडौं । ओमानको एल एमिरेट क्रिकेट मैदानमा जारी आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको समूह चरणको दोस्रो खेलमा जापानले नेपाललाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन जोड्यो । एक समय १२.४ ओभरमा ९७–१ को बलियो स्थितिमा पुगेको जापानले तेह्रौँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट गुमायो र त्यसपछि नियमित अन्तरालमा विकेट झर्न सुरु भयो ।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे ।

जापानका कप्तान केन्डेल काडोवाकी फ्लेमिङले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको पारी खेले । इसाम रहमानले ३१ रनको योगदान दिए ।

नेपालले अब केहीबेरमै लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार १२:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP