मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा आज दुई रोचक भिडन्तः सोमपाल–रोहित र करण–सन्दीप आमनेसामने

2.2K
SHARES
एनपीएलमा आज दुई रोचक भिडन्तः सोमपाल–रोहित र करण–सन्दीप आमनेसामने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन् । बिहान ११ः१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दिउँसो ३ः३० बजे काठमाण्डु गुर्खाज र विराटनगर किंग्स बीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलः सोमपाल र रोहितबीच कडा भिडन्त
पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान तथा राष्ट्रिय टोलीका नेतृत्वकर्ता रोहितकुमार पौडेलबीचको भिडन्त हुनेछ । पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको कर्णाली आज पहिलो जितका लागि मैदान उत्रनेछ ।

उता, चितवनलाई ६ विकेटले हराउँदै लुम्बिनी आत्मविश्वासमा छ र लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

दोस्रो खेलः केसीविरुद्ध लामिछाने
दिउँसो हुने दोस्रो खेलमा काठमाडौंका कप्तान करण केसी र विराटनगरका कप्तान सन्दीप लामिछानेबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा छ । काठमाडौंले अहिलेसम्म दुई खेल खेल्दा एक जित र एक हारसहित दुई अंक बटुलेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो ।

विराटनगरले भने एक मात्र खेलमा पोखरालाई ५३ रनले पराजित गर्दै दुई अंक जोडिसकेको छ । आजको खेल काठमाडौंका लागि पुनरागमनको मौका हुनेछ भने विराटनगर लगातार दोस्रो जितका लक्ष्यसहित मैदान उत्रनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ६, शनिबार ०१:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP