मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले जारी गर्‍यो तस्बिरअंकित नोट

1.6K
SHARES
विश्वकप विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले जारी गर्‍यो तस्बिरअंकित नोट

ब्युनस आयर्स । विश्वकप फुटबलमा ऐतिहासिक उपाधि जिताएर अर्जेन्टिनालाई तेस्रो पटक विश्वच्याम्पियन बनाउने लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित मुद्रा जारी गरेको छ ।

कतारमा सम्पन्न २०२२ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीको तस्बिरसहित एक हजार पेसो मूल्यको नोट सार्वजनिक गरिएको हो । सो नोटमा मेस्सीको तस्बिरसँगै उनको हस्ताक्षर पनि अंकित गरिएको छ ।

फ्रान्सविरुद्धको रोमाञ्चक फाइनल जित्दै अर्जेन्टिनाले विश्वकप ट्रफी उचालेपछि मेस्सी राष्ट्रिय नायक बनेका थिए । उनले फाइनलसहित प्रतियोगितामा सात गोल गर्दै ‘सर्वोत्कृष्ट खेलाडी’को उपाधि पनि जितेका थिए ।

सरकारले मेस्सीको योगदानलाई ऐतिहासिक गौरवको रूपमा लिँदै उनको नाममा नोट जारी गर्ने निर्णय गरेको बताइएको छ । यस कदमलाई फुटबलप्रेमीहरूले राष्ट्रिय गौरवको प्रतीकका रूपमा स्वागत गरेका छन् ।

विश्वकपको विजयी खुसीमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स उत्सवमय बनेको थियो । करिब ५० लाख मानिस सडकमा निस्किएर राष्ट्रिय टोली र मेस्सीको जयजयकार गर्दै विजय उत्सव मनाएका थिए ।

फुटबल इतिहासकै महान खेलाडीमध्ये एक मानिने मेस्सीले यस उपाधिले आफ्नो करियरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP