मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मलेसियासँग चौथो खेल आजः सिरिज जोगाउन दबाबमा नेपाल

2.6K
SHARES
मलेसियासँग चौथो खेल आजः सिरिज जोगाउन दबाबमा नेपाल

काठमाडौं । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत चौथो खेलमा आज नेपाली महिला राष्ट्रिय क्रिकेट टिम मलेसियासँग प्रतिस्पर्धामा उत्रँदैछ ।

सिरिजमा अहिले मलेसिया २–१ ले अग्रतामा रहेको छ । यस्तो अवस्थामा नेपालले श्रृंखला जीवित राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ ।

पहिलो खेलमा नेपाल तीन रनले पराजित भयो । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०१ रनमा सीमित रह्यो ।

दोस्रो खेलमा नेपालले ९३ रनको लक्ष्य चार विकेट गुमाएर १६.२ ओभरमा पूरा गर्दै ६ विकेटको शानदार जित निकालेको थियो ।

तेस्रो खेलमा मलेसियाको १२१ रनको लक्ष्य पछ्याउँदै नेपाल १०७ रनमै समेटिँदा १३ रनले हार बेहोर्‍यो ।

मलेसिया आजको खेल जितेमा एक खेल बाँकी रहँदै सिरिज आफ्नो नाममा पार्नेछ । त्यसैले नेपाली टिमका लागि यो खेल ुगर या मरु जस्तै बनेको छ ।

सिरिजको अन्तिम तथा निर्णायक भिडन्त असोज बुधबार हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २१, मंगलवार ०३:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP