मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप २०२६: क्यानडा र बोस्नियाले बराबरी खेल्दै अंक बाँडे

1K
SHARES
विश्वकप २०२६: क्यानडा र बोस्नियाले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो उद्घाटन खेलमा सह–आयोजक क्यानडाले जित निकाल्न नसक्दा बोस्निया एन्ड हर्जोगोभिनासँग १–१ को बराबरीमा चित्त बुझाएको छ ।

टोरन्टोस्थित रंगशालामा शुक्रबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बोस्नियाले सुरुआती अग्रता लिए पनि क्यानडाले दोस्रो हाफमा पुनरागमन गर्दै अंक बाँड्न सफल भयो ।

खेलको २१औँ मिनेटमा बोस्नियाले पहिलो गोल गरेको थियो । बासिचले प्रहार गरेको कर्नरबाट सिर्जना भएको अवसरमा सिद कोलासिनाचको पासलाई लोभो लुकिचले हेडमार्फत जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा लगातार दबाब सिर्जना गर्यो । त्यसको फलस्वरूप वैकल्पिक खेलाडी साइल लारिनले खेलको ७८औँ मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । मैदान प्रवेश गरेको तीन मिनेटमै उनले तारिक मुहारेमोभिचलाई छल्दै गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि थप गोल निस्कन नसक्दा खेल १–१ को बराबरीमा समाप्त भयो ।

विश्वकपमा स्थान बनाउनुअघि बोस्नियाले प्लेअफको फाइनलमा इटालीलाई स्तब्ध पार्दै प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो । पहिलो खेलमै क्यानडासँग बराबरी खेलेपछि बोस्नियाले पनि महत्त्वपूर्ण एक अंक जोडेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ३०, शनिबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP