मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भेनेजुएलामाथि अर्जेन्टिनाको जित, मेसीको दुई गोल

2.8K
SHARES
भेनेजुएलामाथि अर्जेन्टिनाको जित, मेसीको दुई गोल

काठमाडौं । अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा भेनेजुएलामाथि ३–० गोल अन्तरको शानदार जित हासिल गरेको छ । ब्युनसआयर्सस्थित स्टाडियो मोनुमेन्टलमा भएको खेलमा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीले दुई गोल गरेका थिए ।

खेलको ३९औं मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका मेसीले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनको प्रदर्शनले घरेलु दर्शकलाई उत्साहित बनाएको थियो ।

अर्जेन्टिनाका लागि अर्को एक गोल लउटारो मार्टिनेजले ७६औं मिनेटमा गरेका थिए । मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले खेलमा ठोस नियन्त्रण कायम गरेको थियो ।

अर्जेन्टिना यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । हालसम्म १७ खेल खेल्दा टोलीले ३८ अंक जोडेको छ, जसले दक्षिण अमेरिकी क्षेत्रको शीर्ष टोलीहरूमध्ये एकका रूपमा स्थापित गरेको छ ।

त्यस्तै दक्षिण अमेरिकी छनोटको अन्य खेलमा कोलम्बियाले बोलिभियालाई ३–० ले पराजित गर्‍यो भने उरुग्वेले पेरुलाई समान अन्तरले हरायो । अर्कोतर्फ पाराग्वे र इक्वेडरबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २०, शुक्रबार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP