मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

247
SHARES
देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने तथा अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । विशेषगरी बागमती, गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही पहाडी र तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशका हिमाली र पहाडी भू(भाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ । यस्तो वर्षाले स्थानीय रूपमा बाढी, पहिरो, भू–क्षय तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । हिमाली तथा पहाडी भू(भागका केही स्थानमा वर्षा तथा हिमपात र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दा, यात्रु तथा सरोकारवालालाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। साथै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम बुलेटिन र सूचनाहरू नियमित रूपमा अद्यावधिक गरी पालना गर्न आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २१, बिहीबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP