मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इंग्लिस प्रिमियर लिग: २२ वर्षपछि आर्सनल च्याम्पियन

546
SHARES
इंग्लिस प्रिमियर लिग: २२ वर्षपछि आर्सनल च्याम्पियन

काठमाडौं । फुटबल क्लब आर्सनलले २२ वर्षपछि पहिलो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार म्यान्चेष्टर सिटीले बोर्नमाउथविरुद्ध जित निकाल्न नसकेपछि आर्सनल औपचारिक रूपमा च्याम्पियन बनेको हो ।

सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्‍याउन जित आवश्यक थियो । तर खेलको ३९औँ मिनेटमा बोर्नमाउथका जुनियर क्रुपीले गोल गर्दै सिटीलाई दबाबमा पारे । अतिरिक्त समयमा एर्लिङ हालाण्डले बराबरी गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

खेल सकिएलगत्तै आर्सनल समर्थकहरूले लन्डनस्थित इमिरेट्स स्टेडियम बाहिर भव्य उत्सव मनाएका थिए । टोलीका मिडफिल्डर डेकलेन राइसले सामाजिक सञ्जालमा टोलीसँगको तस्बिर पोस्ट गर्दै “मैले भनेकै थिएँ, अब काम पूरा भयो” भनेर खुसी साटेका छन् ।

यो आर्सनलको १४औँ इंग्लिस लिग उपाधि हो। यसअघि उसले सन् २००३–०४ मा प्रशिक्षक आर्सेन वेंगरको नेतृत्वमा अपराजित रहँदै लिग जितेको थियो ।

प्रशिक्षक माइकल आर्टेटाका लागि यो ऐतिहासिक सफलता बनेको छ । सन् २०१९ मा टोली सम्हालेका आर्टेटा प्रिमियर लिग खेलाडीबाट प्रशिक्षक बनेर उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । लगातार तीन सिजन उपविजेतामा सीमित भएको आर्सनलले यसपटक अन्ततः सफलता हात पारेको हो ।

यस सिजन आर्सनलले उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको छ । टोलीले ३७ खेलमा सबैभन्दा कम २६ गोल मात्रै बेहोरेको छ भने १९ खेलमा क्लिनसिट राखेको छ । सेट पिसबाट २४ गोल गर्दै लिगकै उत्कृष्ट प्रदर्शन पनि गरेको छ ।

उता पेप ग्वार्डिओला नेतृत्वको म्यानचेस्टर सिटी लगातार सातौँ उपाधिको लक्ष्यमा थियो । खेलपछि ग्वार्डिओलाले आर्सनललाई बधाई दिँदै उपाधि जित पूर्ण रूपमा योग्य रहेको बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार ०१:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP