मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिंहदरबारमा जलेका सवारी साधन हटाउन थालियो, संसद भवन परिसरमा सारिँदै

1.6K
SHARES
सिंहदरबारमा जलेका सवारी साधन हटाउन थालियो, संसद भवन परिसरमा सारिँदै

काठमाडौं । भदौ महिनामा जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधन हटाउने प्रक्रिया शुरू गरिएको छ । आन्दोलनका क्रममा विभिन्न मन्त्रालय र कार्यालयमा रहेका सयौँ सवारी साधन जलाइएका थिए, जसलाई अब व्यवस्थित गर्ने कार्य अघि बढाइएको हो ।

मन्त्रालय स्रोतका अनुसार हाल ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको आँगनमा रहेका जलेका गाडीहरू पहिलो चरणमा हटाइँदै छन् । केही दिनभित्र सिंहदरबारभित्रका सम्पूर्ण जलेका सवारी साधनलाई नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) को परिसरमा राखिने तयारी छ ।

जेन–जी आन्दोलनका क्रममा सरकारी संरचना र सम्पत्तिमा भएको क्षतिले सिंहदरबार क्षेत्र कुरूप बनेको भन्दै ती साधनलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरिएको हो । मन्त्रालयका अधिकारीहरूका अनुसार संसद भवनको आँगनमा ती साधनलाई अस्थायी रूपमा राख्ने व्यवस्था मिलाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ०७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP