मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साउदीमाथि ५ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा

377
SHARES
साउदीमाथि ५ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपालले आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको १ सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै नेपालले समूह ‘ए’मा तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको छ ।

नेपालको जितमा गुल्सन झा र रोहित पौडेलले अविजित रहँदै महत्वपूर्ण भूमिका खेले । गुल्सनले ३५ बलमा ३ चौका र ३ छक्कासहित ४४ रन बनाए । रोहितले ३७ बलमा २ चौकासहित २४ रन जोडे ।

ईशान पाण्डेले ५९ बलमा २ चौकासहित ४० रन बनाए भने देव खनालले ५८ बलमा १ चौका र १ छक्काको मद्दतमा ३९ रनको योगदान दिए । ओपनर अर्जुन कुमाल १५ र आशिफ शेख २० रनमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । उसका ओपनर अब्दुल वाहिद अब्दुल गफरले सर्वाधिक ७७ रन बनाए । उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

मुहम्मद आतिफले ३० तथा मोहम्मद हिसाम शेखले २८ रन जोडे । त्यस्तै मुहम्मद सकिबले १४, जैन उल अबिदिनले १२ र इस्तियाक अहमदले १० रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने बलिङतर्फ चम्किए । उनले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन खर्चेर ३ विकेट हात पारे ।

ललित राजवंशीले २ विकेट लिँदा शेर मल्ल र गुल्सन झाले समान १ विकेट लिए ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । अब समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २१, आईतवार ०९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP