मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साफ यू–२० महिला फुटबल: नेपाल आज श्रीलंकासँग आमनेसामने

2.3K
SHARES
साफ यू–२० महिला फुटबल: नेपाल आज श्रीलंकासँग आमनेसामने

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपाल र श्रीलंका आज भिड्दै छन् । खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किंग्स एरिनामा साँझ पौने ७ बजे सुरु हुने तालिका छ ।

नेपाल प्रतियोगितामा दोस्रो जितको खोजीमा मैदान उत्रँदैछ भने लगातार दुई खेल हारेको श्रीलंका भने प्रतियोगितामा पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ ।

नेपालले प्रतियोगिता सुरुमा भुटानमाथि ६–१ को सानदार जित निकालेको थियो । तर दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–२ को हार बेहोर्नुपरेको थियो ।

श्रीलंकाको प्रदर्शन भने अहिलेसम्म निराशाजनक रहँदै आएको छ । उसले पहिलो खेलमा बंगलादेशसँग ९–१ को ठूलो हार खेपेको थियो भने दोस्रो खेलमा भुटानसँग पनि ५–० ले पराजित भएको थियो ।

लिग चरणमा सहभागी सबै टोलीहरूले एकअर्काविरुद्ध दुई–दुई पटक प्रतिस्पर्धा गर्ने ‘डबल राउन्ड रोविन’ प्रणाली लागू गरिएको छ ।

नेपालले यही बिहीबार (जुलाई १७) पुनः श्रीलंकासँग दोस्रोपटक प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।

अन्तिम खेलसम्म सर्वाधिक अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३१, मंगलवार ०८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP