मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एएफसी यू–२० महिला एसियन कप छनोटः नेपाल आज साउदी अरेबियाविरुद्ध मैदान उत्रिंदै

1.9K
SHARES
एएफसी यू–२० महिला एसियन कप छनोटः नेपाल आज साउदी अरेबियाविरुद्ध मैदान उत्रिंदै

काठमाडौं । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल खेल्दैछ ।

दिउँसो १ः४५ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने यस खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले यसअघि समूहको पहिलो खेलमा आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो । साउदी अरेबियाले भने प्रारम्भिक खेलमै उत्तर कोरियासँग १५–० को ठुलो अन्तरले पराजय व्यहोरेको थियो ।

नेपालले अझै समूहको सबभन्दा बलियो टोली उत्तर कोरियासँग खेल्न बाँकी छ । उत्तर कोरिया दुई पटक यू–२० महिला विश्वकप जितिसकेको टिम हो ।

यस छनोट चरणमा समूह विजेता सोझै एसियन कपका लागि छनोट हुनेछन्, साथै सबै समूहमध्ये दुई उत्कृष्ट उपविजेता टिमले पनि स्थान पाउनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २३, शुक्रबार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP