मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतलाई एसिया कपको उपाधि, पाकिस्तान पाँच विकेटले पराजित

1.1K
SHARES
भारतलाई एसिया कपको उपाधि, पाकिस्तान पाँच विकेटले पराजित

काठमाडौं । भारतले एसिया कपको उपाधि आफ्नो पोल्टामा पारेको छ । यूएईमा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

टस जितेर फिल्डिङ रोजेको भारतले पाकिस्तानलाई १४६ रनमा रोक्यो र जवाफी ब्याटिङमा १९ ओभर चार बलमा पाँच विकेट गुमाउँदै १५० रन बनायो ।

पाकिस्तानले साहिबजादा प्रहानको ५७ रन र फकर जमानको ४६ रनको सहयोगमा लय बनाउने प्रयास गरे पनि पछिल्लो क्रम धराशायी हुँदा १९ ओभर एक बलमै सबै विकेट गुमाएर १४६ रनमा समेटियो । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल भए ।

भारतका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कुलदीप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिएर पाकिस्तानलाई सम्हालिन दिएनन् ।

भारतको जवाफी इनिङमा तिलक वर्मा नटआउट ६९ रन बनाएर नायक बने । ५३ बलमा खेलेको उनको इनिङले भारतको जित पक्का गरायो । शिभव दुवेले ३३ रन र सञ्जु श्यामसनले २४ रन जोड्दै जितमा सहयोग पुर्‍याए ।

पाकिस्तानका बलर फाइम अशरफले ३ विकेट लिए भने शाहिन अफ्रिदी र अब्रार अहमदले १–१ विकेट लिएका थिए ।

यस जितसँगै भारतले फेरि एकपटक एसिया कपको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP