मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्कटल्याण्डलाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि

1.5K
SHARES
स्कटल्याण्डलाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि आयोजक स्कटल्याण्डले जितेको छ । निर्णायक खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै स्कटल्याण्ड विजयी भएको हो ।

ग्लासगोमा सम्पन्न खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १९३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । जवाफी इनिङ्समा नेपाल १८.५ ओभरमै १५९ रनमा अलआउट भयो ।

नेपालका लागि रुपेश कुमार सिंहले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ४३ रन जोडे, जसमा १ चौका र ३ छक्का समावेश थिए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ बलमा ३४ रन बनाए भने कप्तान रोहित पौडेलले २७ रनको योगदान दिए । अन्य ब्याटरबाट उल्लेखनीय प्रदर्शन हुन सकेन ।

स्कटल्याण्डका बलर क्रिस ग्रीव्सले तीन विकेट लिए । सफायान सरिफले दुई तथा ब्रान्डन म्याकमुलेन, मार्क वाट र माइकल लीस्कले एक–एक विकेट लिएर नेपाललाई दबाबमा राखे ।

यसअघि स्कटल्याण्डका लागि जर्ज मुन्सेले विस्फोटक अर्धशतक प्रहार गर्दै ३९ बलमा ७८ रन बनाए । उनले ५ चौका र ६ छक्का हिर्काए । ब्रान्डन म्याकमुलेनले ३० बलमा ४२ रन बनाएका थिए भने माइकल लीस्क २६ रनमा अविजित रहे ।

नेपालका बलरमध्ये कुशल भुर्तेलले दुई विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक–एक विकेट हात पारे ।

तीन टोलीबीचको सिरिजमा नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डले समान ४–४ अंक जोडेको भए पनि रनरेटका आधारमा स्कटल्याण्ड शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो ।

नेपालले यसअघि स्कटल्याण्डलाई पहिलो खेलमा २ विकेटले र नेदरल्याण्ड्सलाई अन्तिम खेलमा ६ विकेटले हराएको थियो । तर सोमबारको खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ७, शनिबार ०९:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP