मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसीसी यू–१९ प्रिमियर कपः यादवको शानदार शतकसहित नेपालको विजयी सुरुवात

2.1K
SHARES
एसीसी यू–१९ प्रिमियर कपः यादवको शानदार शतकसहित नेपालको विजयी सुरुवात

काठमान्डु । ओपनर निरजकुमार यादवको उत्कृष्ट शतकको बलमा नेपालले युएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कपमा साउदी अरेबियामाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको छ ।

मंगलबार अजमानमा भएको खेलमा नेपालले साउदीलाई ८ विकेटले पराजित गर्दै पहिलो खेलमै २ अंक सुरक्षित गर्‍यो । लगातार दोस्रो हार बेहोरेको साउदी भने दबाबमा परेको छ ।

२०७ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपाली टोलीले ३०.४ ओभरमै लक्ष्य पार गर्‍यो । दोस्रो विकेटका लागि निरज यादव र निश्चल क्षेत्रीबीच बनेको १५५ रनको साझेदारी नेपालका लागि खेल घुमाउने क्षण बन्यो ।

निरजकुमारले ९० बलमा १३ चौका र १ छक्कासहित ११४ रनको उत्कृष्ट पारी खेले । सुरुवाती साझेदार वंश क्षेत्रीले २० बलमा ३० रन जोडे भने निश्चल क्षेत्री ६६ रनमा अविजित रहे । सिवरिन श्रेष्ठले पनि १ रन योगदान गरे ।

टस जितेर फिल्डिङ रोजेको नेपालका बलरहरूले साउदीलाई २० ओभरमा ९ विकेटको क्षतिमा २१८ रनमै रोकिदिए । अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, सुशीलबहादुर रावल, सिरविन श्रेष्ठ र दर्स सोनारले एक–एक विकेट हात पारे ।

यस जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । एक जित र एक हारसहित हङकङ २ अंकमा दोस्रो स्थानमा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेल बिहीबार हङकङसँग खेल्नेछ । सो खेल जिते नेपाल सेमिफाइनलमा प्रवेश सुनिश्चित गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ९, मंगलवार १४:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP