मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारको कदमप्रति प्रचण्डको आपत्ति

2.8K
SHARES
सरकारको कदमप्रति प्रचण्डको आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने चलखेल सरकारले धेरैअघिदेखि गर्दै आएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले यस्तो निर्णय गरेर अर्को ठूलो गल्ती गर्न लागेको बताए ।

उनले वर्तमान सरकार गठन भएयता राम्रो कार्यभन्दा गल्ती नै बढी गरेको आरोप लगाउँदै भने, ‘उपसभामुख एक आदिवासी जनजाति महिला हुनुहुन्छ, सामाजिक सेवा र बालबालिका हेरचाहको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुभएको व्यक्तिलाई यसरी हटाउन खोज्नु सरासर गलत हो ।’

प्रचण्डले यस्ता संवेदनशील पदमा पूर्वाग्रहका आधारमा कदम चाल्न खोजे पार्टीले कडा प्रतिवाद गर्ने पनि स्पष्ट पारे । एक पत्रकारले उपसभामुखमाथि प्रश्न उठेको आरोपबारे जिज्ञासा राख्दा उनले ती सबै आरोप कपोलकल्पित, झुटा र कुनै प्रमाणविहीन भएको बताउँदै प्रतिक्रियामा थपे, ‘उहाँमाथि कुनै गलत कामको प्रमाण छैन ।’



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार १०:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP