मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ मा, प्रमुख वक्तामा कुलमान घिसिङ

2.3K
SHARES
उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ मा, प्रमुख वक्तामा कुलमान घिसिङ

काठमाडौं । नवगठित उज्यालो नेपाल पार्टीले आफ्नो घोषणा सभा आगामी मंसिर १७ गते, बुधबार काठमाडौंको प्रज्ञा भवनमा आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका प्रवक्ता डा. राजु थापाले उक्त जानकारी दिएका हुन् ।

घोषणा सभामा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ प्रमुख वक्ताका रूपमा उपस्थित रहनेछन् । सो अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र–२०८२ औपचारिक रूपमा सार्वजनिक गरिने प्रवक्ता थापाले बताए ।

उनका अनुसार घोषणा पत्रमा पार्टीको सैद्धान्तिक आधार, प्राथमिकता तथा कार्ययोजना स्पष्ट रूपमा प्रस्तुत गरिनेछ । पार्टीका नेताहरूले पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीले लोकतान्त्रिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अपनाएर अघि बढ्ने बताए ।

प्रवक्ता थापाले सबै दलका सकारात्मक पक्षहरू आत्मसात गर्दै देश विकासका लागि नयाँ दृष्टिकोणसहित पार्टीले यात्रा सुरू गरेको उल्लेख गरे ।

केही हप्ताअघि उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १३, शनिबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP