मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: चट्याङ्ग, असिना र हावाहुरीको सम्भावना

1.1K
SHARES
मौसम पूर्वानुमान: चट्याङ्ग, असिना र हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम बदली भएको अवस्था छ ।

आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रहरूमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । पहाड र हिमालका केही स्थानहरूमा चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा तथा अन्य तराईका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।

आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ, पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ र तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।

साथै, कोशी र गण्डकीका पहाडी क्षेत्रमा पनि यस्तै खालको मौसम रहने अनुमान गरिएको छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना कायमै रहेको महाशाखाले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २२, आईतवार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP