मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१० वर्षभन्दा पुराना एम्बुलेन्स तत्काल हटाउन स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

2.1K
SHARES
१० वर्षभन्दा पुराना एम्बुलेन्स तत्काल हटाउन स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वर्षभन्दा बढी पुराना एम्बुलेन्स अब प्रयोग गर्न नसकिने स्पष्ट निर्देशन जारी गरेको छ । सोमबार सार्वजनिक गरिएको सूचनामा मन्त्रालयले सो भन्दा पुराना सवारी साधन सञ्चालन गरेमा दर्ता अनुमति खारेज हुने चेतावनी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा एम्बुलेन्स सेवामाथि अनियमितता बढ्दै गएको, स्वास्थ्यका नाममा व्यापारिक प्रयोग गरिएको र निर्देशिकाविपरीत सञ्चालन हुने घटनामा वृद्धि भएकोले कडाइ गर्नुपर्ने देखिएको हो ।

सूचनामा भनिएको छ, “स्वास्थ्य संस्थाका नाममा बितरण गरिएका एम्बुलेन्सहरू अस्पताल, पूर्व स्वास्थ्य सेवा बाहेक अन्य काममा सञ्चालन भए कानुनी कारबाहीदेखि दर्ता खारेजीसम्मका कदम चालिनेछ ।”

यसबाहेक, नेपालबाट भारत आवतजावत गर्ने एम्बुलेन्सले अनिवार्य रूपमा भारतीय दूतावासबाट परमिट लिनुपर्ने मन्त्रालयले जनाएको छ । आवश्यक मापदण्ड पूरा गरी दूतावासको अनुमति प्राप्त गरेका सवारीलाई मात्र सीमा पार आवतजावतको सुविधा उपलब्ध हुनेछ ।

एम्बुलेन्स सेवा निर्देशिका–२०८२ मा एम्बुलेन्स पैठारी गर्दा राजस्व छुट, अनुमति प्रक्रिया, नवीकरण, अनुगमन र अनुमति खारेजीसम्बन्धी विस्तृत प्रावधान समेटिएको मन्त्रालयले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १, सोमबार १३:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP