मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ, ओली निवास घेराबन्दीमा

1.2K
SHARES
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ, ओली निवास घेराबन्दीमा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासमा सुतिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएर काठमाडौंतर्फ लगेको भक्तपुर प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा लेखकलाई पक्राउ गरिएको जनाइएको छ ।

यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरीका अनुसार मध्यरातदेखि नै भक्तपुरको गुण्डुस्थित ओली निवास वरपर सुरक्षा घेरा कडा पारिएको छ ।

प्रहरी टोली पुग्दा ओली सुतिसकेका कारण उनलाई तत्काल पक्राउ नगरिएको र उठ्नेबित्तिकै नियन्त्रणमा लिने तयारी रहेको स्रोतले जनाएको छ । पक्राउपछि उनलाई महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा राखिने र थप कानुनी प्रक्रिया आइतबार पूरा गरिने बताइएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) को नक्सालस्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको र सोहीअनुसार प्रहरी परिचालन गरिएको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १४, शनिबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP