मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनमा प्रहरी हत्या आरोपमा युवक पक्राउ

3.3K
SHARES
जेनजी आन्दोलनमा प्रहरी हत्या आरोपमा युवक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेका छन् । उनी महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गर्दै गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सोही आधारमा उनलाई पक्राउ गरेको हो ।

क्याप्छाकीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

२४ भदौमा भएको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय (सिन्धुली) र प्रहरी जवान उत्तम थापा (दार्चुला) को हत्या गरिएको थियो ।
जवान थापालाई आन्दोलनकारीहरूले डीएसपी भन्दै आक्रमण गरी हत्या गरेको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

त्यस्तै, सोही दिन प्रहरी प्रभाग कोटेश्वरमा कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि आन्दोलनकै क्रममा हत्या भएको थियो ।

यसैगरी प्रहरीका हातहतियार लुटपाट गर्ने, पोसाक लुटपाट र आगजनी गर्नेहरूको पनि प्रहरीले खोजी गरिरहेको छ । आन्दोलनमा प्रहरीका एक हजार बढी हतियार लुटपाट भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ११:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP