मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आजदेखि सरकारी कार्यालयको समय घट्यो, अब बिहान १० देखि दिउँसो ४ सम्म मात्र सेवा

2.2K
SHARES
आजदेखि सरकारी कार्यालयको समय घट्यो, अब बिहान १० देखि दिउँसो ४ सम्म मात्र सेवा

काठमाडौं । सरकारले तोकेको नयाँ समयानुसार आज (कात्तिक १६ गते) देखि देशभरका सरकारी कार्यालयहरूको कार्यसमय घटेको छ । अब माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्नेछन् ।

यसअघि अन्य समयमा कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहने व्यवस्था थियो । तर, हिउँदको मौसममा चिसो र छोटो दिनलाई ध्यानमा राख्दै सरकारले वार्षिक कार्यतालिका अनुसार कार्यालय समय एक घण्टा घटाउने निर्णय गरेको हो ।

शुक्रबारको दिन भने कार्यालय समयमा कुनै परिवर्तन गरिएको छैन । शुक्रबार कार्यालयहरू दिउँसो ३ बजेसम्म मात्र खुल्नेछन् ।

कार्यालय समय घटेसँगै कर्मचारी र सेवाग्राही दुवैलाई आफ्नो कार्यतालिका समयमै मिलाउने तयारी गर्न विभागहरूले आह्वान गरेका छन् । मन्त्रालय तथा सरकारी निकायहरूले समय परिवर्तनको सूचना आन्तरिक सर्कुलरमार्फत आफ्ना कार्यालयहरूमा पठाइसकेका छन् ।

यातायात चाप, बिहानको चिसो मौसम र ऊर्जा खपत घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको सरकारी अधिकारीहरूको भनाइ छ । माघ १५ पछि भने पुनः बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मको पुरानै समय लागू हुने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ०१:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP