मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गौर हत्याकाण्डको १९ वर्षपछि पुनः न्यायिक प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

2.7K
SHARES
गौर हत्याकाण्डको १९ वर्षपछि पुनः न्यायिक प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले २०६३ चैत ७ गते रौतहटको गौरमा भएको कुख्यात गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ तथा नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दा अघि नबढेको भन्दै दायर रिटमा सुनुवाइ गर्दै अनुसन्धान तथा अभियोजन प्रक्रिया तत्काल सुरु गर्न आदेश दिएको हो ।

यो आदेशसँगै २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको विवादास्पद घटनाको मुद्दा झन्डै दुई दशकपछिको त्यसै अवस्थामा नरोकी न्यायिक तहमा अघि बढ्ने पक्कापक्का भएको छ । उक्त दिन मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादीबीचको झडप हिंसात्मक बन्न पुगेपछि फोरम पक्षले माओवादी कार्यकर्तामाथि आक्रमण गरेको आरोप लागेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले यस घटनामा संलग्न भएको आरोपमा १३० जनाविरुद्ध अभियोग चलाउन सरकारलाई सिफारिस गरेको थियो । तीमध्ये ६६ जनाविरुद्ध पहिले नै जाहेरी परे पनि बाँकी प्रतिवादीहरूलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।

मधेसी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरेका थिए । यादव अहिले सम्म सांसद तथा मन्त्री समेत भइसकेका छन् ।

विगतमा मुद्दालाई राजनीतिक सहमतिहरू र बार्तामार्फत सामसुम पार्ने प्रयास हुँदै आए पनि सर्वोच्चको आदेशसँगै मृतकका परिवारहरूको न्यायको आशा झन् बढेको छ । घटनाका मृतकहरूलाई सरकारले ‘शहीद’ घोषणा गरेको छ ।

यसअघि नै रौतहटकै अर्को चर्चित इँटा भट्टा बम काण्डसम्बन्धी मुद्दा पनि सर्वोच्चको परमादेशपछि अघि बढेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP