मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान, मंसिरबाट प्रक्रिया सुरु

1.9K
SHARES
निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान, मंसिरबाट प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११ गते तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सबै राजनीतिक दललाई दल दर्ता प्रक्रिया सुरु गर्न औपचारिक आह्वान गरेको छ ।

शुक्रबार आयोगले दुवै निर्वाचनका लागि छुट्टाछुट्टै सूचना सार्वजनिक गर्दै तोकिएको समयसीमाभित्र दल दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिन राजनीतिक दलहरूलाई अनुरोध गरेको हो । आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता प्रक्रिया चल्नेछ भने राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म समय तोकिएको छ ।

आयोगले दल दर्ताका लागि बुझाइने निवेदनमा दलको नाम, आयोगमा दल दर्ता भएको मिति, दलका पदाधिकारीहरूको विवरण, विधान, आर्थिक लेखापरीक्षण विवरणलगायत आवश्यक कागजात अनिवार्यरूपमा खुलाउनुपर्ने जनाएको छ । दल दर्ता पूर्ण नभएका वा कागजात अपुरो रहने दलहरूको निवेदन स्वीकृत नहुने आयोगले स्पष्ट पारेको छ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल फागुन २० गतेबाट समाप्त हुँदैछ । रिक्त हुन लागेका ती स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन आयोजना गर्न लागिएको आयोगले जनाएको छ । यसअघि आयोगले निर्वाचन तयारी तीव्र बनाउँदै निर्वाचन क्षेत्र निर्धारण, मतदाता नामावली अद्यावधिक तथा निर्वाचन सामग्री व्यवस्थापनसमेत अघि बढाइसकेको छ ।

राजनीतिक दलहरू अहिले आन्तरिक तयारीमा जुटिरहेका छन् । नयाँ दल दर्ता गर्न चाहने समूहहरू पनि सक्रिय छन् । आगामी निर्वाचनले राजनीतिक प्रतिस्पर्धालाई कस्तो मोड दिने हो भन्नेबारे राजनीतिक विश्लेषकहरूबीच चर्चा चलिरहेको छ । आयोगले भने सबै राजनीतिक दलको सक्रिय सहभागिताले आगामी दुवै निर्वाचन सफल र विश्वसनीय हुने विश्वास व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २८, शुक्रबार ०५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP