मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा मौसम बदली: विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

910
SHARES
नेपालमा मौसम बदली: विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरले देशका अधिकांश स्थानमा मौसम बदली भएको छ ।

मंगलबार दिउँसो पहाडी र हिमाली क्षेत्रहरूमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका केही स्थानसहित अन्य प्रदेशका थोरै ठाउँमा चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च भूभागमा हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ । यी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने तथा अन्य क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २२, मंगलवार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP