मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जापानमा १०० वर्ष नाघेका महिलाको संख्या उच्च, दीर्घायु हुने प्रमुख कारण आहार र जीवनशैली

1.7K
SHARES
जापानमा १०० वर्ष नाघेका महिलाको संख्या उच्च, दीर्घायु हुने प्रमुख कारण आहार र जीवनशैली

काठमाडौं । जापानमा १०० वर्ष वा त्यसभन्दा बढी उमेरका मानिसहरूको संख्या इतिहासमै उच्च स्तरमा पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरसम्म त्यहाँ शतायु व्यक्तिको संख्या ९९,७६३ पुगेको छ, जसको ८८ प्रतिशत महिला छन् ।

स्वास्थ्यमन्त्री ताकामारो फुकोकाले ८७,७८४ महिला र ११,९७९ पुरुषलाई दीर्घजीवन प्राप्त गरेकोमा बधाई दिँदै समाजमा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन् । जापान ५५ वर्षदेखि लगातार शतायु व्यक्तिको संख्यामा अग्रस्थानमा रहँदै आएको छ ।

दीर्घायुका कारण
जापानीहरूमा हृदयरोग, स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरबाट मृत्यु दर विश्वमै न्यून छ। त्यस्तै, मोटोपनाको समस्या पनि कम देखिन्छ । चारखुट्टे जनावरको मासु कम र माछा तथा सागपात बढी सेवन गर्ने परम्पराले स्वास्थ्य राम्रो भएको मानिन्छ । महिलामा मोटोपनाको दर निकै कम भएकाले उनीहरूको आयु अझै लामो हुने विश्वास गरिन्छ ।

साथै, नियमित व्यायामलाई पनि दीर्घायुका कारणमध्ये एक मानिन्छ । ‘रेडिओ ताइसो’ नामक सामूहिक व्यायाम जापानी संस्कृतिको अङ्ग बनेको छ, जसले समुदायमा स्वास्थ्य सचेतना बढाएको छ ।

ज्येष्ठ नागरिक दिवस
जापानले हरेक वर्ष १५ सेप्टेम्बरमा ‘ज्येष्ठ नागरिक दिवस’ मनाउँछ । सो अवसरमा यसपटक प्रधानमन्त्रीले शतायुमा प्रवेश गरेका वृद्धवृद्धालाई बधाईपत्र र चाँदीको कप पठाएका थिए । यो वर्ष ५२,३१० जना यस्तो सम्मानका लागि योग्य भएका थिए ।

ऐतिहासिक पृष्ठभूमि
सन् १९६३ मा पहिलोपटक शतायु सर्वेक्षण हुँदा जापानमा केवल १५३ जना मात्र १०० वर्ष नाघेका थिए । १९८१ मा संख्या १,००० पुग्यो भने १९९८ मा १०,००० नाघ्यो । आज यो संख्या एक लाख नजिक पुगेको छ ।

चुनौती र विवाद
तर, शतायुहरूको वास्तविक संख्या बारेमा केही आशंका पनि देखिएका छन् । २०१० मा अभिलेख जाँच गर्दा २,३०,००० भन्दा बढी व्यक्तिको नाम सूचीमा भए पनि उनीहरू वास्तवमै जीवित नभएको तथ्य बाहिर आएको थियो । कतिपय परिवारले अग्रजहरूको मृत्यु दर्ता नगरेर निवृत्तिभरण लिइराखेको कारण यस्तो त्रुटि भएको बताइन्छ ।

त्यसरी पनि, जापान अझै पनि दीर्घायु व्यक्तिहरूको देशका रूपमा चिनिन्छ । हाल सबैभन्दा वृद्ध महिला ११४ वर्षकी शिगेको कागावा हुन् भने पुरुषतर्फ १११ वर्षीय कोयोताका मिजुनो जीवित छन् । (बीबीसी)



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP