मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र

2.8K
SHARES
मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले औपचारिक रूपमा पदबाट राजीनामा दिएका छन् । सोमबार उनले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष राजीनामा पत्र पेस गरेका हुन् ।

लामाको तर्फबाट उनका स्वकीय सचिव छत्रबहादुर लामाले राजीनामा पत्र प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत बुझाएका हुन् । लामाले आइतबार नै पत्रकार सम्मेलन गरी राजीनाको घोषणा गरेका थिए ।

संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

यसबीचमा, स्वास्थ्य लाभपछि प्रदेश प्रमुख देवकोटा पनि सोमबार कार्यालय पुगेका छन् । साउन १५ गते काठमाडौंस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका उनी आइतबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । आज उनी सिमरा हुँदै हेटौंडास्थित कार्यालय पुगेका हुन् ।

लामाको राजीनापछि अब बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नेछ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १९, सोमबार ०८:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP